११ मंसिर २०८१, मंगलबार
मुख्य समाचार

म्याग्दीको पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका- ६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी-जोमसोम-कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो