२९ आश्विन २०८३, बिहिबार
मुख्य समाचार

एनपिएल : चितवन ३३ रनले विजयी, सुदूरपश्चिमको पहिलो हार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको हो । एनपिएलमा सुदूरपश्चिम रोयल्सले चौथो खेलमा पहिलो हार बेहोरेको छ ।