१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

नयाँ राहदानी लिनेको संख्या महिनैपिच्छे बढ्दै

काठमाडौँ । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको संख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन्