जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा एनपिएलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।