राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला
कैलाली । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताएका