६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपति जगदीप धनखडबीच भेटवार्ता

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो