मुख्य समाचार

  • झिलिमिली बत्तीमा झन्डै एक अर्ब खर्च

    असोज ३१, चितवन । दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलोमात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफैले कातेको बत्ती बालेर हर्षोल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झन्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ […]

  • पोखरामा ट्राफिक लाइट राख्न ‘देउसी भैलो’

    असोज ३१, पोखरा  | पोखरा प्रमुख पर्यटकीय शहर मात्र होईन, मुलुककै सबैभन्दा ठूलो महानगरपालिका पनि हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय शहर उन्मुख पोखरा ‘स्मार्ट सिटी’ बनाउने भरिरहँदा आवश्यक पूर्वाधार तयार हुनुपर्दछ । पोखराको प्रमुख समस्या सडक यातायात व्यवस्थापन पनि हो । प्रमुख चोकहरु कतै पनि ट्राफिक लाइट छैन । यसतर्फ ध्यानाकर्षण मात्र होईन, आफै […]

  • फिफा बारियतामा नेपाल एक स्थान तल, जर्मनी पहिलो स्थानमा

    असोज ३१, काठमाडौँ | विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान १५४ औँ स्थानमा छन् । त्यसैगरी दुई स्थान गुमाएको माल्दिभ्स १५६ […]

  • ८८ किलो सुनकाण्डमा नेपाल-चीन केरुङ व्यापार सङ्घका अध्यक्ष पक्राउ

    असोज ३१, केरुंग | प्रहरीले सुन तस्करीका आरोपमा नेपाल-चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो ।  सो सुन तस्करी काण्डमा तामाङको पनि संलग्नता देखिएको भनी उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी […]

  • निर्वाचन आयोग

    ५५ दलले बुझाए समानुपातिक सूची

    असोज २९, काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले विहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र बन्दसूची बुझाउने समय तोकेको भएपनि ठूला दलहरु नै निर्धारित समयको अन्तिमतिरमात्रै आयोगमा पुगेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी […]

  • म्याग्दीमा ४ दशमलव २ रेक्टरको भूकम्प

    असोज ३०, म्याग्दी | म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन हल्लिएको […]

  • संसदको अन्तिम बैठकमा देउवा–ओली जुहारी

    असोज २९, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार आफ्नो अधिकार भएको जिकिर गरेका छन् । व्यवस्थापिका–संसदको बिदाइ बैठकलाई शनिबार साँझ सम्बोधन गर्दै उनले संक्रमणकालमा संविधानले मन्त्रीको संख्या निर्धारण नगरेको भन्दै ‘सरकार ठूलो भयो भन्ने विपक्षीको आरोपको औचित्य छैन’–भने । उनले निर्वाचन आयोग र राष्ट्रपतिलेसमेत सरकार विस्तारलाई सहजरुपमा लिएको पनि बताए । प्रधानमन्त्री देउवाले नेपाली […]

  • स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक

    असोज २९, केरुङ् | नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास […]

  • सांसदहरुको बिदाईका लागि संसदको विशेष बैठक भोलि, शीर्ष नेताहरुले सम्बोधन गर्ने

    असोज २७, काठमाडौँ । बिजनेसका हिसावले संसद्को शुक्रबार बस्ने बैठक अन्तिम भए पनि सभामुख ओनसरी घर्तीले भोलि (शनिबार) विशेष बैठक राखेकी छन् ।सभामुख घर्तीले सांसदहरुको विधिवत् बिदाइ गर्ने उद्देश्यले शनिबार अपराह्न विशेष बैठक बोलाएकी हुन् । प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि सभामुखले बैठक राखेको बताइएको छ । बैठकमा सभामुख र शीर्ष नेताहरुले सम्बोधन गर्ने […]

  • लमजुङको राइनासमा प्याराग्लाइडिङ परीक्षण सुरु

    असोज २७, लमजुङ | ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण शुरु गरिएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले बिहिबार राइनासकोटबाट सफल परीक्षण गरेका हुन् । प्याराग्लाइडिङ गरेका छमध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दर बजार र गोरखाको लिगलिगका भूभाग घुमेर राइनासकोटमै अवतरण गरेका थिए । राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा […]

  • सिटिइभिटीका प्रमुखलाई कालोमोसो

    असोज २६, काठमाडौँ | प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उहाँकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि […]

  • पोखरामा बुद्ध, निशान र प्रतापको लाइभ कन्सर्ट हुने

    असोज २६, कास्की | पोखरामा आगामी शनिबार नेपाल आइडल कन्सर्ट हुने भएको छ । इभेन्ट कम्पनजी मुन्टेज इन्टरनेशनलले पोखराको जक्शन डटकमसँगको सहकार्यमा यो कन्सर्टको आयोजना गरेको हो । कन्सर्टमा नेपाल आइडल विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दाससँगै उत्कृष्ट १० मा परेका सागर आले र सन्ध्या जोशीको प्रस्तुती रहने आयोजकले बताएको […]

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक छैन : पर्यटनमन्त्री

    असोज २५, काठमाडौँ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकरुपमा अघि नबढेको बताएका छन् । व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री देवले विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको बताए । उनले विमानस्थलको काम अघि बढाउन मन्त्रालयले सरोकारवाला पक्षसँग गम्भीररुपमा वार्ता […]

  • स्वास्थ्य बिमा विधेयक पारित

    असोज २५, काठमाडौँ । व्यवस्थापिका–संसद्को मंगलबारको तेस्रो बैठकमा ‘स्वास्थ्य बिमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको […]

  • लेकसाइडका होटलहरुमा वैदाम प्रहरीको असुली

    असोज २४, पोखरा | पोखरा ६ तालबाराही चोकमा होटल स्नोल्याण्ड छ। होटलकै आडमा डाउन टाउन रेष्टुरेन्ट एण्ड बार छ। सोही बारमा सोमबार राती साढे १२ बजे वडा प्रहरी कार्यालय बैदामका असइ एक जना सहयोगी लिएर त्यहाँ पुग्छन् । रेष्टुरेन्ट संचालक गणेशबहादुर थापालाई रेष्टुरेन्ट बन्द गर्न चेतावनी दिन्छन् । संचालक थापाले आफूसँग रेष्टुरेन्ट २४ सै घन्टा […]