नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार ७ घण्टा बन्द हुने
कात्तिक २२, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर जसो बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो