वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी
१७ असार, तुलसीपुर । सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ ।