१८ असार, नगरकोट । भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो ।