रुकुमपूर्व, २५ साउन । गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं ३ स्थित पाँगामा विद्युत् सेवा अवरुद्ध हुँदा पाँगास्थित ३०० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा विद्युत् वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो