१० आश्विन २०८३, शनिबार
मुख्य समाचार

अक्सिजन अभावले उपचारमा समस्या

वाग्मती । मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हँुदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।