१६ वैशाख, संखुवासभा । अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । शनिबार राति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो