६ जेष्ठ २०८१, आइतबार

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट


१६ वैशाख, संखुवासभा । अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ ।

शनिबार राति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !