५ जेष्ठ २०८१, शनिबार

मनाङ मस्र्याङदी माईभ्याली गोल्डकपकाे फाइनलमा


Goldcup

१५ वैशाख, इलाम । इलाममा चलिहरेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ मस्र्याङदी क्लब पुगेको छ ।

इलामको ठूलो टुडिँखेलमा शुक्रबार भएको खेलमा नेपाल आर्मीलाई १–० ले हराएर मनाङ उपाधिनजिक पुगेको हो । प्रतियोगितामा आर्मीले पाएका सुवर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा मनाङसँग हार्नु परेको हो ।

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्टले खेलको ५८ औँ मिनेटमा गोल गर्दै मनाङलाई फाइनलको यात्रा तय गराए । आजको खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ् दी म्याच भएका छन् । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरेका छन् ।

मनाङले उपाधिको लागि अाज हुने थ्रिस्टार र एपीएफबीचको खेलको विजेतासँग खेल्नुपर्नेछ ।
वैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगितामा ३ विभागीय टिमसहित नेपाल, भारत र बंगलादेशका गरी १२ टिमको सहभागिता रहेको छ ।

माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले यामाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !