७ बैशाख २०८१, शुक्रबार

कुमारीको प्रगति विवरण सार्वजनिक, नाफामा ८८ प्रतिशत छलाङ


Kumari Bank

१४ वैशाख, काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाखभन्दा बढी खूद नाफा आर्जन भएको प्रगति विवरण सार्वजनिक गरेको छ ।

यो बैंकले खूद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा ८८ प्रतिशतले छलाङ मारेको देखिएको हो । बैंकले गत वर्ष यही अवधिसम्ममा ३७ करोड ५८ लाख ९७ हजार मात्र नाफा आर्जन गर्न सकेको थियो ।

कुनै निकै धराशायी बनेको कुमारीले आफूलाई क्रमशः सुधार गर्दै लगेको उसको तेश्रो त्रैमासको रिपोर्टले देखाउँछ । विवरण अुनसार अधिकांश मुख्य सूचकमा उत्साहप्रद सुधार भएको आएको देखिएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ३४ करोड १६ लाख ९२ हजार खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८१ करोड ३७ लाख ८६ हजार रुपैयाँ मात्र रहेको थियो ।

बैंकले धेरै सुधार संचालन मुनाफामा पनि गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ९ करोड १७ लाखमा सीमित संचालन मुनाफामा  प्रगति गर्दै यस वर्ष १ अर्ब ७३ करोड ४४ लाखको उचाईमा पुर्याएको छ ।

यो अवधिमा बैंकले अघिल्लो आबको यही अवधिको तुलनामा निक्षेप संकलनतर्फ पनि प्रगति गरेको छ । अघिल्लो वर्ष ३९ अर्ब ३  करोडभन्दा बढी निक्षेप संकलन गरी ३४ अर्ब ४८ करोडभन्दा बढी कर्जा परिचालन गरेको बैंकले यो वर्ष ६१ अर्ब ८४ करोड निक्षेप संकलन गरी ५६ अर्ब ८४ करोडभन्दा बढी कर्जा परिचालन गरेको हो ।

अघिल्लो वर्ष १ अर्ब १४ करोडमा सीमित रिजर्बकोषको आकार बढाई २ अर्ब ८१ करोड बनाएको बैंकले खराब कर्जा असूलीमा समेत केही सफलता पाएको देखिएको छ ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ६८ करोड बढी ब्याज आम्दानी गरे पनि ३ अर्ब ३४ करोड बढी ब्याज खर्च हुँदा अझै नाफा बढ्ने संभावना टरेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ दशमलव ७६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव ११ रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !