काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत श्वेताले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । निको भएर चाँडै काममा फर्कने बताउदै उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छिन् ।