झापामा १९ वटा खोप केन्द्रको भवन बन्दै
२१ जेठ, झापा । झापामा १९ वटा खोप केन्द्रको भवन निर्माण हुने भएको छ । जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो ।