काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले विश्वासको मत लिनु नपर्ने बताएका छन् । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकमा मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई तत्कालीन दल नेपाल कम्युनिष्ट पार्टी विभाजनको रुपमा व्याख्या गर्न नमिल्ने बताएका हुन् ।