देउवा सरकारद्वारा इद उल फित्रका अवसरमा भोलि सार्वजनिक बिदा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मुस्लिम समुदायको पर्व इद उल फित्रका अवसरमा भोलि वैशाख २० गते मंगलबार बिदा दिइएको जानकारी दिएको छ ।