२१ जेष्ठ २०८३, बिहिबार
हेडलाइन

बुटवल अस्थायी अस्पतालका बिरामीको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १७ चैत । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।