शिक्षा

  • समता स्कुलले बैशाख बाट कक्षा ३ सुरु गर्ने

    उदयपुर, चैत्र १८ । मासिक १ सय रुपैयामा अध्यापन गराउदै आएको समता स्कुल गाईघाटले वैशाख वाट ३ कक्षा शुरु गर्ने भएको छ । नर्सरी देखि कक्षा २ सम्म अध्यापन गराउदै आएको समताले वैशाख देखि ३ कक्षा संचलान गर्न लागेको हो । समतामा अहिले ३७२ जना वालवच्चाले अध्यन गरीरहेको प्रधानध्यापक लक्ष्मि राईले जानकारी दिनुभयो । समताले […]

  • सिआइबीको टोलीद्वारा प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन शुरु

    १६ चैत, लहान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा आजदेखि छानबिन शुरु गरेको छ । प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार […]

  • एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने

    १५ चैत, काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी)लाई दिने निर्णय गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन […]

  • विद्यालय

    निजी छाडेर सामुदायिकमा विद्यार्थी

    ११ चैत, डोटी । जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थी हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित भएको सामुदायिक विद्यालयका शिक्षकको दाबी छ । विगतकोभन्दा केही फरक तथा शिक्षाको गुणस्तर पनि राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्न थालेको भूमिराज मावी सलेनाका पूर्वप्रधानाध्यापक जगतबहादुर बलायरले बताउनुभयो । उहाँले […]

  • School

    सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा

    ११ चैत, नवलपरासी । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेको छ । स्थानीय तहभित्र पर्ने सबै सामुदायिक विद्यालयलाई प्रशासनिक खर्च, पाठ्यपुस्तक खर्च र परीक्षा शुल्कलगायतका सबै खर्च स्थानीय तहले विद्यालयलाई उपलब्ध गराई निःशुल्क शिक्षा लागू गरेको हो । माध्यमिक तहको शिक्षा हासिल गर्न सामुदायिक विद्यालयमा कुनै पनि […]

  • एसइई परीक्षा

    एसइई परीक्षा आजदेखि शुरु

    १० चैत, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरू भएको छ । संघीय संरचना अनुसार पहिलोपटक एसईई परीक्षा भएको हो । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार […]

  • कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

    ८ चैत्र, सुर्खेत । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले जानकारी […]

  • School

    इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालय हस्तान्तरण

    ८ चैत, काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–८ घुमारचोकमा रहेको उग्रतारा माध्यामिक विद्यालय हाताभित्र इन्का किन्डरगार्टेन मन्टेश्वरी विद्यालयको स्थापना गरिएको छ । जर्मनीको हर्ज फर किन्डर र नेपाल बाल सहायता सङ्घको रु एक करोडको सहयोगमा सो विद्यालय स्थापना भएको हो । जर्मनीकी प्रसिद्ध सेलिब्रिटी इन्काको नाममा स्थापना गरिएको सो विद्यालयको प्रदेशसभा सदस्य मणिराम फुयाँल र नेपाल […]

  • घट्दै एसइई परीक्षाको हाउगुजी

    ७ चैत, काठमाडौँ । अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ । जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको प्रवेशिका (एसएलसी) मा जस्तो विद्यार्थी र अभिभावकमा त्रास र डरको भार घटेको पाइएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक […]

  • जङ्गलबाट दाउरा जुटाएर परीक्षाको तयारी !

    ५ चैत, जाजरकोट । करीब २० जना परीक्षार्थी बस्नका लागि चार वटा कोठा छ, त्यो पनि भाडामा । उनीहरु जङ्गलबाट आफैँले खोजेर ल्याएको दाउरामा भात पकाएर खान्छन् । होटलमा खान–बस्न सक्ने उनीहरुको आर्थिक हैसियत नभएकाले स्थानीयवासीको घरमा सामूहिक रुपमा मिलेर बस्छन् । पिउनेपानी र शौचालयको पनि राम्रो प्रबन्ध छैन । आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा […]

  • study

    बर्दिवासका दुई नयाँ क्याम्पसमा पठनपाठन

    ५ चैत, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा कृषि सङ्कायको स्नातक तहको प्रथम बर्षअन्तर्गत प्रथम सत्रको पठनपाठन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर, चितवनको आङ्गिक क्याम्पसका रुपमा रहेको सो कलेजमा ५२ विद्यार्थी अध्ययनरत छन् । अहिले स्नातक प्रथम वर्षको प्रथम सत्रमा बालीसम्बन्धी इन्ट्रोडक्टरी जेनिटिक्स, माटो […]

  • Nepalpatra

    बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने

    ५ चैत, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म अनिवार्य विषयका रुपमा एक सय पूर्णाङ्कको स्थानीय पाठयक्रम बनाई पढाइ शुरु गरिने नगर प्रमुख उद्धवप्रसाद खरेलले बताउनुभयो । उहाँका अनुसार विकास, प्रबन्धन, सुशासन […]

  • study

    अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

    ४ चैत, पोखरा । अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी […]

  • Nepalpatra

    चौतीस परीक्षार्थी परीक्षा दिनबाट बञ्चित

    १ चैत, पाल्पा । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा(एसइई) पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् […]

  • विद्यालय

    चौबिस विद्यार्थीलाई छात्रवृत्ति

    १ चैत, भद्रपुर । झापा गाउँपालिका–६ शरणामतिस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई रु तीन हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगार छात्रवृत्तिवापत चार गरी २४ विद्यार्थीलाई आज छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा कनकाई नगरपालिका–३ का प्रतिमान उप्रेती र गङ्गादेवी उप्रेतीद्वारा आमाबुबाको नाममा ‘रमा–पदम […]