८ बैशाख २०८३, मंगलबार
अर्थ

सुनको मूल्य घटेपछि माग बढ्यो

काठमाडौँ । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको संख्या बढेको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउँछन् ।