१ भदौ २०८३, सोमबार
देश

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा भारतीय युवकको मृत्यु

जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घनामा परेर एक भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।