१० मंसिर २०८१, सोमबार
देश

औद्योगिक क्षेत्र प्रदेश सरकारमार्फत नआएका कारण औद्योगिक व्यवस्थापन गर्न समस्या छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले औद्योगिक क्षेत्र प्रदेश सरकारमार्फत नआएका कारण औद्योगिक व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ । उद्योग सङ्घ हेटौँडाको १९औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले काठमाडौँ, ललितपुरजस्ता शहरी क्षेत्रका उद्योगलाई उपत्यका बाहिर खुला क्षेत्रमा सारिनुपर्ने बताउनुभयो