७ श्रावण २०८२, बुधबार
लेखहरु

दारीवाल केटाको एकदिने डायरी “केटी हेर्न जाँदा”

मङ्गसिर देखी काठमाण्डौमा चिसो बढेकोले दारी नकाटेको करिव दुइ महिना भएछ। गोरो अनुहारमा झपक्कै आएको दारी लोभलाग्दो भयो हेर्दाहेर्दै। ऐना हेर्दा मन पर्न थाल्यो आफैँलाइ। साथिहरुलेपनि गज्जब छ भन्नथाले। सङ्गै पढेका महिला साथिहरुलेपनि दारी गज्जब छ भन्नथालेपछी झन् के चाहियो