१० मंसिर २०८१, सोमबार
कृषि

रत्नेचौरमा एक करोड लगानीमा पशुपालन फार्म सञ्चालन

कमल खत्री, बेनी, २८ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक युवाले एक करोड बढी लगानीमा पशुपालन शुरु गर्नुभएको छ । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको हो ।