१४ बैशाख २०८१, शुक्रबार

विदेशबाट फर्किएकाको सूचना दिनेलाई नगद पुरस्कार


money-return

१८ चैत, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले गाउँमा विदेशबाट फर्किनेको सूचना दिनेलाई ५००० रुपैयाँ पुरस्कार घोषणा गरेको छ । टोलटोलमा माइकिङ गरेर गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको जानकारी दिने व्यक्तिलाई ५००० रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

वैदेशिक रोजगारीबाट आएका ५ जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको छ । प्रत्येक वडामा १५/१५ शय्यासहितको क्वारेन्टाइन र ३ स्थानमा ५ शय्याको आइसोलेसन कक्ष निमार्णगरिएको छ । साथै सो गाउँपालिकाले न्यून आय भएका र ज्यालादारी गर्ने परिवारलाई खाद्यान्न राहत प्रदान गर्ने निर्णय गरेको पनि छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !