१४ बैशाख २०८१, शुक्रबार

राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण बन्द गर्ने


Nepal rastra Bank

५ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दशैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।

बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दशैमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिंदा देशलाई नै ठुलो धनराशि क्षति हुने गरेको भन्दै बन्द गर्ने योजना बनाइएको बताए । वर्षमा ३ अर्बमाथि नाेट छपाईमैं खर्च हुने गरेको प्रवक्ता निरौलाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु