१४ बैशाख २०८१, शुक्रबार

जनसेवी र स्वाभिमानको आइपिओ बिक्री हुँदै


काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख ३२ हजार ९९० कित्ता आइपिओ बिक्री गर्ने भएको छ । संस्थाले आज एक सूचना प्रकाशित गरी ४ लाख ३२ हजार ९९० कित्ता आइपिओ बिक्री गर्न लागिएको जनाएको छ ।

संसथाले जारी पूँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ४ करोड ६३ लाख ३० हजार रकम बराबरको प्रति सेयर १०० रुपैयाँको अङ्कति दरका ४ लाख ६३ हजार ३०० कित्ता सेयर मध्ये ३० प्रतिशतले हुन आउने सेयर बिक्री गर्न लागेको हो । त्यसमा ५ प्रतिशतले हुन आउने २३ हजार १६५ कित्ता सेयर सामूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर संस्थाका कर्मचारीका लागि बिक्री गर्न लागिएको हो । संस्थाको सेयर यही वैशाख २७ गतेदेखि बिक्री हुनेछ । छिटोमा वैशाख ३१ गते र ढिलोमा आगामी जेठ २६ गतेसम्म बिक्री गरिने सूचनामा उल्लेख छ ।

न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । इक्रा नेपालले गरेको संस्थाको वित्तीय विवरणमा औसत भन्दा तल रहेको इक्रा एनपी आइपिओ ग्रेड ४ प्राप्त गरेको छ । पर्वत जिल्लालाई आधार बनाएर स्थापना भएको संस्थाले म्याग्दी, बाग्लुङ, गुल्मीमा सेवा दिइरहेको छ ।

स्वाभिमान लघुवित्त
यस्तै स्वाभिमान लघुवित्त वित्तीइ संस्थाको पनि यही वैशाख २७ गतेदेखि नै १ करोड ८५ लाख ५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । प्रति सेयर १०० रुपैयाँ अंकित दरका १ करोड ९८ लाख ६१० कित्ता सेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार ९३ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । यस्तै कूल निश्कासनको ५ प्रतिशत अर्थात् ९ हजार ९३० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।

न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइने आज प्रकाशित सूचनामा उल्लेख छ । सो संस्थाको सेयर छिटोमा यही वैशाख ३१ गते र ढिलामो आगामी जेठ २६ गतेसम्म बिक्री गरिने उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !