१८ बैशाख २०८१, मंगलबार

तीन महिनामा ५० करोडको सिमेन्ट बिक्री


कात्तिक ९, कार्तिक । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र रु ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ ।

साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए ।

गैंडाछाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनको भनाइ छ । अहिले उद्योगबाट उत्पादित गैंडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८२९ रहेको छ । सो उद्योगले दैनिक ६०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !