२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको देउवाको प्रतिक्रिया


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको देउवाले स्पष्ट पारेका छन् ।

सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि यसबारे सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिएका देउवाले निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको बताए ।

सरकार गठनबारे सोधिएको प्रश्नमा उनले गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !