७ मंसिर २०८१, शुक्रबार

को हुन् राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ?

यस्तो छ राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको जीवनी


राजेन्द्र लिङ्देन

पृष्ठभूमि : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् ।

प्राप्त जानकारी अनुसार लिङ्देनले १८१७ मत पाएका छन् भने थापाले १६१७ मत मात्र प्राप्त गरेका छन् । लिङ्देनले थापालाई २०० बढी मतान्तरले हराएर विजयी भएका हुन् । आखिर को हुन् त राजेन्द्र लिङ्देन ? यसवारे सविस्तार चर्चा गरौ ।

जन्म : राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको जन्म २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको हो भने उनी हाल झापाका स्थायी बासिन्दा हुन् । प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघुमा जन्मेपनि उनको बाल्यकाल भने झापामा बित्यो ।

शिक्षा : लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन् ।

राजनीतिक यात्रा : लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुरू गरेका हुन् । राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन्। लिङ्देनले २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापबाट वडाध्यक्ष जितेका थिए ।

२०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङ्देन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नम्बर ३ मा तेस्रो र २०७० सालको चुनावमा दोस्रो मत ल्याएर पराजित भए । उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए ।

उनै लिङ्देनले कांग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी भएछि उनी चर्चाको शिखरमा पुगेका थिए । लिङ्देन २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङ्देन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भए।

राजनीतिक यात्रा गर्दै जाँदा लिङदेन झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका हुन् । सामान्य गरिब परिवारमा जन्मेर पञ्चायती राजनीति हुँदै बहुदल आएपछि राप्रपाको राजनीतिमा लागेका झापाली नेता लिङदेनले प्रत्यक्षतर्फको जित दिलाएर राप्रपा पार्टीको साख जोगाएका थिए । त्यसो त लिङदेनले स्थानीय निर्वाचनमा पनि झापामा राप्रपाको साख जोगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !