८ बैशाख २०८१, शनिबार

थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा !


थ्रेडिङ

एजेन्सी । शारीरिक सुन्दरताका लागि मानिसहरु थ्रेडिङ गर्छन् । थ्रेडिङ आइब्रो र आँखाको वरिपरिका राैंहरु निकाल्ने सौन्दर्य विधि हो । यसले अनुहारलाई सफा देखाउँछ । थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा बलियो धागो प्रयोग गर्नुपर्छ । पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ । थ्रेडिङ गरेपछि एन्टिसेप्टिक लोसन तथा क्रिम लगाउनु पर्छ । थ्रेडिङ गर्नु पहिले अनुहारलाई सफा पानीले सफा गर्नुपर्छ । थ्रेडिङ गरेपछि गुलाब जलले अनुहार सफा गर्नुपर्छ । थ्रेडिङ गर्ने बित्तिकै अनुहारमा केमिकल भएको ब्युटी प्रोडक्टको प्रयोग गर्नु हुँदैन । थ्रेडिङ गरेपछि अनुहारमा मोस्चराइजर लगाएको राम्रो मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !