१२ श्रावण २०८१, शनिबार

त्रिविले माघ १५ गतेदेखि अनलाइनबाटै ट्रान्सक्रिप्ट दिने


त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्ट लगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसको कार्यान्वयन विधिसहित विस्तृत जानकारी www.tuexam.edu.np मा माघ १० गतेका दिन दिइने पनिकाले जनाएको छ । यसअघि हिजो सोमबार अनलाइन डेमाे गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !