१३ बैशाख २०८१, बिहिबार

एमाले महाधिवेशन: उपाध्यक्षमा रामबहादुर थापा बादलसहित ७ जनाको उम्मेदवारी


राम बहादुर थापा

काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्षमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको प्रारम्भिक नामावली अनुसार सचिवमा भीम आचार्य, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल र टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तैगरी उपमहासचितमा प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु प्रसाद रिमाल निर्विरोध निर्वाचित भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !