१४ बैशाख २०८१, शुक्रबार

यदि तपाई आइब्रो बाक्लो बनाउन चाहनुहुन्छ भने यी उपायहरु प्रयोग गर्नुहोस्


eyes

सुन्दर आइब्रोले अनुहारको सौन्दर्यतलाई बढाउने काम गर्छ । तर यदि आइब्रो पातलो छ भने त्यो सुन्दर देखिँदैन । धेरै मानिसहरु आइब्रोलाई बाक्लो बनाउन उपायको खोजीमा हुन्छन् । यदि तपाई पनि पातलो आइब्रोबाट हैरान हुनुहुन्छ भने यी उपायहरु अप्नाउनुहोस् । तपाईको आइब्रो अवश्य बाक्लो हुनेछ र तपाई त्यसलाई इच्छा अनुरुपको आकार दिनसक्नुहुन्छ ।

  • बदामको तेलले आइब्रोलाई बाक्लो बनाउनुका साथै आवश्यक पोषण पनि प्रदान गर्छ । यसमा भएको भिटामिन इले कपाल बढाउन मद्दत गर्छ । सुत्न अघि दैनिक रात यो तेलले आइब्रो मसाज गर्नुहोस् ।
  • मेथीको पेस्ट बनाएर आइब्रोमा लगाउनाले यो बाक्लीन्छ । प्रत्येक रात मेथीलाई पानीमा भिजाएर दोस्रो दिन पेस्ट बनाउनुहोस् र आइब्रोमा लगाएर चार पाँच मिनेट पछि पखाल्नुहोस् ।
  • प्याजको रसले पनि आइब्रोलाई बाक्लो बनाउन मद्दत गर्छ । यसका लागि प्याजको रस रुवामा भिजाएर आइब्रोमा लगाउनुहोस् र पन्ध्र बीस मिनेट पछि पखाल्नुहोस् ।
  • नरिवलको तेलले कपाल बढ्न मद्दत गर्छ । पातलो आइब्रोमा यसको प्रयोगले फाइदा दिन्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !