१३ बैशाख २०८१, बिहिबार

प्रचण्डले केपी ओलीलाई चाणक्य र शकुनिसँग किन गरे तुलना ?

प्रचण्डले केपी ओलीलाई चाणक्य र शकुनिसँग गरे तुलना


प्रचण्ड र केपी ओली

ललितपुर । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाणक्य र शकुनिसँग गरे तुलना गरेका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई ललितपुरको जावलाखेलमा सम्बोधन गर्दै उनले केपी ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेको टिप्पणी गरेका हुन् ।

जेलमा बस्दा कसलाई कसरी लडाउने, सत्तामा कसरी पुग्ने, सत्तामा कसरी टिकिरहने भन्ने बारेमा चाणक्य नीति र महाभारत मात्र पढेर सिकेको बताएका हुन् । उनले पार्टी एकता भएको एक महिनामै केपी शर्मा ओली बेइमान रहेछन् भन्ने कुरा आफूले बुझेकाे बताएका छन् ।

उनले आफूलाई उपयोग गरेर माधव नेपाल पक्षलाई ४ वटा जिल्ला सभापतिमा मात्र सीमित गर्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्ने ओलीको रणनीति आफूले पार्टी एकता भएको एक महिना पनि नहुँदै थाहा पाएको बताए । तर आफूले माधव नेपाललाई साथ दिएर २४/२५ जिल्लाको नेतृत्व माधव पक्षलाई दिलाएको दावी समेत उनले गरे ।

‘माधव समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्न सकिहालिन्छ भन्ने केपी ओलीको योजना बुझ्न मलाई एक महिना पनि लागेन’, प्रचण्डले भने, ‘जेठमा एकता भयो असार नसकिँदै कस्तो बेइमान मानिसको फेला परिएछ भन्ने कुरा मैले बुझिसकेको थिएँ।’

उनले तत्कालै विरोध गरिहाले एकता भएको एक महिनामै यस्तो कुरा गरे जनताले के भन्लान् भन्ने लागेर सहेर पिडित भएर बसेको पनि बताए । पार्टीको अध्यक्ष पालो पालो हुने सहमतिलाई ओलीले एक दिन पनि नमानेको उनले बताए । सहमति भनेको तोड्नकै लागि हो भन्ने नीति ओलीले अपनाउने गरेको प्रचण्डले बताए ।

उनले बहुमतको निर्णय अनुसार व्यक्ति संगठनको मातहत हुने लेनिनवादी सिद्धान्तमा आधारित भएर ओलीसँग सहमति गरिएको पनि बताए । उनले अबको बाटो भनेको समाजवादउन्मुख जनताको बहुदलीय जनवाद भनेर हस्ताक्षर पनि दुबैले गरेको भन्दै उनले अहिले जबज त हामी हो अर्को त माओवादी भन्दै ओलीले झुट र बेइमानी गरिरहेको बताए ।

साथै उनले ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्ने थालेको आरोप लगाएका छन् । कसैको कुरा नसुन्ने, आफूले गरेको सवै कुरा ठिक भन्ने र ठुला-ठुला कुरा गर्ने तर ब्यबहारमा केहि काम नगर्ने ओलीको स्वभाव भएकोले यो राजा-महाराजकै जस्तो भएको टिप्पणी गरेका हुन् ।

बैठक, बहस पटक्कै मन नपराउने, नेतृत्वमा पुग्न जस्तो पनि सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी ओलीमा रहेको उनले बताए । यस्तो बेइमानी सामन्तमा मात्रै हुने गरेको प्रचण्डको भनाइ छ । ‘सहमति लागु नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागु नगर्ने, उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै’, प्रचण्डले भने ।

प्रचण्डले पार्टी एकतापछि केपी ओलीले आफूलाई बैठकको अध्यक्षता गर्न समेत नदिई दुई नम्बरी बनाइदिएको टिप्पणी गरेका छन् । पार्टीको अध्यक्षता आलोपालो गर्ने भनेको तर उनले एकदिन पनि नमानी तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिईहालेँ । पछि त उहाँले मलाई दुई नम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुई नम्बरी भएको गुनासो गरे ।

विगतको अर्को प्रसंग कोट्याउदै उनले पार्टी एकता गर्ने बेला ओलीले आफूलाई एकमात्र नेता भन्दै एमाले सम्हाल्ने मान्छे तपाई मात्र हो भनेर ल्याएको बताउदै तर त्यो जालझेल आफूले तत्कालै बुझ्न सफल भएको समेत बताए ।

उनले भने, ‘अहिले भ्रम फिँजाइदैछ कि एमाले भनेको हामी हो, उता प्रचण्डसँग जानेहरु भनेका माओवादी हुन् । हिजो ओली नै हुन् एमाले सम्हाल्ने मान्छे तपाई नै हो भनेर मैले ल्याएको हुँ भन्थे । त्यो जालझेल त एक महिनामै देखियो ।’

चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य सधैँ आफ्नो शत्रुहरू माथि हावी रहेका थिए ।

शकुनी महाभारतको चर्चित विवादास्पद पात्र हुन् । जब जुवातासको कुरा आउँछ, हाम्रो मनमा महाभारतका एकजना पात्रको नाम स्मरण हुन्छ । उनी हुन् – शकुनि । कपट र जालझेलको सन्दर्भमा पनि खासरगरी शकुनि पासाको चर्चा हुने गर्छ ।

उनी दुर्योधनका मामा अर्थात गान्धारीका भाइ थिए । पासा र कौडामा छलकपट गरेर पाँच पाण्डवहरूलाई वनबास पठाउनमा उनले नै ठूलो भूमिका खेलेका थिए । उनलाई छलकपट र अन्यायका प्रतिकको रूपमा चिनिन्छ ।

उनले एमाले भनेको केपी ओलीको नेतृत्व हो भन्ने भ्रमलाई तलैदेखि तोड्न शिक्षकहरुलाई आग्रह समेत गरे । ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेको भन्दै शकुनि खेलमा ओलीलाई कसैले नसक्ने टिप्पणी गरे । उनले केपी ओलीले अहिले एमाले खोजिरहेको बताउँदै वास्तविक एमाले आफूहरुतिरै रहेको दाबी समेत गरे ।

यो पनि पढ्नुहोस्

केपी ओलीले जेलमा चाणक्य नीति र महाभारत मात्र पढेछन् : प्रचण्ड

केपी ओलीले आफूलाई महाराजाधिराज नै भएजस्तो ठान्छन् : प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !