१ मंसिर २०८१, शनिबार

Author: नेपालपत्र

ड्राइभर दाइ मन पर्यो मलाइ, एक्पल्ट फेरी ब्रेक हान्देउन !

“साला!! आँखा फुट्या हो की काल आको हो!” ड्राइभरले तिनसय साठीमै स्टेरिङ्ग घुमाए। यात्रुहरुको टाउको ठोकाठोक भयो। एक घण्टा देखी छेउमा बसेरपनि नबोलेकी मैयाँ सङ्ग नमज्जाले ठोकियो टाउको। “व्हाटअ ननसेन्स?” मैयाँले कडै रिस देखाइन्। “सिधा बस्न सक्दैन?” फेरी फुलिन उनि।