१४ बैशाख २०८१, शुक्रबार

आज २०७७ साल जेठ २४ गते शनिवारको राशिफल


आजको राशिफल

आज २०७७ साल जेठ २४ गते शनिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

बृष

आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन

आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

कर्कट

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह

आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या

शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

तुला

आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

बृश्चिक

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

धनु

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ ।

मकर

जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । सन्तान सुखपनि मिल्ला ।

कुम्भ

आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भईएला । बौद्धिकताको विकासपनि हुनेछ ।

मीन

पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !