२० बैशाख २०८१, बिहिबार

२०८० साल पुस १८ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल पुस १७ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

विशिष्ट अतिथिको आगमनसँगसँगै घरमा नवीन रौनकता छाउने ।

वृष

स्वजनबाट आशातीत साथ सहयोग प्राप्त भएपनि चिठ्ठा, शेयर जस्ता क्षेत्रमा गरेको लगानीले निराश बनाउने ।

मिथुन

वैचारिक मनमुटावको दलदलमा फसिनुका साथै अधिकार प्राप्तिका लागि समेत कडा कसरत गर्नुपर्ने ।

कर्कट

धार्मिक कार्यमा रूचि बढ्नुका साथै सामाजिक कार्यमा सफलता प्राप्त हुने ।

सिंह

वाणीको उच्च प्रभाव पर्नुका साथै सत्कर्मको यत्रतत्र चर्चा चल्ने ।

कन्या

अध्ययन, अनुसन्धानमा मन जानुका साथै बौद्धिक सभा, गोष्ठी, सम्मेलनमा सहभागी हुने मौका पाइने ।

तुला

लगनशीलतामा केही कमी आउनुका साथै हीनताबोध, उदासीनता महसुस हुने ।

वृश्चिक

उपयुक्त समयमा गरेर उचित निर्णयले नाम र इनाम प्राप्त हुने उच्च सम्भावना ।

धनु

विपरीत लिङ्गी साथीबाट साथ सहयोग प्राप्त हुनुका साथै वैदेशिक क्षेत्रबाट फाइदा हुने ।

मकर

थाती रहेको कार्यहरु सुचारू हुनुका साथै नयाँ कार्यक्षेत्रका नवीन योजना निर्माण हुने ।

कुम्भ

शारीरिक तथा मानसिक स्फूर्तिमा कमी आउनाले अन्तिममा पुगेर काम बिग्रिने सम्भावना ।

मीन

कलासाहित्यका कार्यमा चासो तथा रूचि बढ्नुका साथै अपेक्षित स्थानबाट साथ सहयोग प्राप्त हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !