२१ बैशाख २०८१, शुक्रबार

२०८० साल भदौ २५ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल भदौ २५ गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आफन्तजनसँग वैचारिक मनमुटाव पर्ने साथै इच्छित खानाको उपभोगमा विघ्नबाधा उत्पन्न हुने ।

वृष

आरोग्यतामा थप वृद्धि आउने साथै मनमा प्रसन्नताको बहार छाउने ।

मिथुन

आर्थिक संकटको सामना गर्नुपर्ने साथै मानसिक असन्तुष्टिको ज्वारभाटामा मन डुब्ने ।

कर्कट

सामाजिक मानसम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।

सिंह

विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना साथै नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।

कन्या

शुभ समाचारको आगमनले मन प्रसन्न हुने साथै शुभेच्छुकसँग रमाइलो भेटघाटको मौका मिल्ने ।

तुला

स्वास्थ्य स्थिति अनुकूल प्राय रहेपनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

वृश्चिक

आशा गरेको व्यक्ति स्थानबाट निराश बन्नुपर्ने साथै व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।

धनु

अनायास स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने साथै अनावश्यक वादविवादले मन खिन्न हुने ।

मकर

थालेका कार्यले उचित गतिमा सार्थक मार्ग पक्रिने साथै मनमा शान्ति मुहारमा कान्ति छाउने ।

कुम्भ

प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गरिने साथी यत्रतत्र यश कीर्ति फैलने ।

मीन

मनमा अशान्तिको कालो बादल मडारिने साथै यात्राको क्रममा अनेकन विघ्नबाधा सहनुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !