२१ बैशाख २०८१, शुक्रबार

२०८० साल भदौ २० गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल भदौ २० गते बुधबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने साथै आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने ।

वृष

सामाजिक मान सम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउने ।

मिथुन

आफन्तजनबाटै प्रतिपक्षीको भूमिका खेलिने साथै अनावश्यक रुपमा खर्चका बाटाहरु बढ्ने ।

कर्कट

शुभ समाचारको आगमनले मन प्रसन्न हुने साथै साथीभाइ आफन्तजनसँग रमाइलो भेटघाटको मौका जुर्ने ।

सिंह

स्वास्थ्य स्थिति प्राय अनुकूल रहेपनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

कन्या

आशा गरेको व्यक्ति तथा स्थानबाट निराश बन्नुपर्ने साथै व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने ।

तुला

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने साथै वादविवादजन्य विषयमा प्रवेश नगरेकै श्रेयस्कर ।

वृश्चिक

थालेका कार्यले सफलताको मार्ग पक्रिने साथै मानसिक शान्ति मिल्ने ।

धनु

शत्रु पक्षको लज्जास्पद हार हुने साथै घरमा नवीन चहलपहल छाउने ।

मकर

यात्रामा अनेकन विध्नबाधा सहनुपर्ने साथै मनमा अशान्तिको कालो बादल मडारिने ।

कुम्भ

मन प्राय: अस्थिर रहने साथै स्वजनसँगै वैचारिक मनमुटावको स्थिति बन्ने ।

मीन

आरोग्यतामा थप वृद्धि आउने साथै कार्यसिद्धिको योग ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !