२४ बैशाख २०८१, सोमबार

२०८० साल असार १५ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल असार १५ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

वादविवाद तथा झैझगडाका विषयमा प्रवेश नगरेको नै श्रेयस्कर हुने साथै अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखापर्ने ।

वृष

गर्न खोजेका कार्यले उचित मार्ग र गति लिने साथै मनमा शान्ति र मुहारमा कान्ति छाउने ।

मिथुन

विरोधी तत्त्वहरुको हार हुँदै जाने तथा अर्थ, वस्त्र, उपहार वा पुरस्कार प्राप्तिको योग ।

कर्कट

कुनै अशुभ समाचारको प्राप्ति तथा मानसिक बेचैनीको स्थितिमा समय व्यतित गर्नुपर्ने ।

सिंह

मन प्राय: अस्थिर रहने साथै हरेक कार्यमा कुनै न कुनै जटिलताको सामना गर्नुपर्ने ।

कन्या

आर्थिक कारोबारमा अपेक्षाकृत् लाभको प्राप्ति तथा मनमा प्रसन्नताको सुखद बहार छाउने ।

तुला

आँखामा कुनै समस्या देखापर्ने साथै आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु बुद्धिमानी हुने ।

वृश्चिक

सामाजिक स्थानमा नवीन उचाइ थपिने साथै नयाँ कार्यक्षेत्रमा गरिएको लगानीले थप फाइदा भित्र्याउने ।

धनु

नसोचेको ठाउँमा अनावश्यक धन नाश हुने तथा आफन्तबाटै प्रतिपक्षीको भूमिका खेलिने उच्च सम्भावना ।

मकर

आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै अनायासै आर्थिक तथा जमिन लाभको योग ।

कुम्भ

स्वास्थ्यले राम्रो साथ दिएपनि थालेका कार्यलाई अपेक्षाकृत् रुपमा अघि बढाउन निकै कठिनाइ ।

मीन

आशा गरेकै स्थान वा व्यक्तिबाटै असहयोगको वातावरण सिर्जना हुने साथै व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !