४ जेष्ठ २०८१, शुक्रबार

नयाँ वर्षमा खचाखच हुने रानीकोटदेखि नगरकोटसम्मका पर्यटकीयस्थल सुनसान


रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको सूर्योदयको दृश्य gofF jif{sf] @)&& ;”of]{bo eQmk’/, ! j}zfv M gofF jif{sf] @)&& sf] ;”of]{bo . eQmk’/sf] ;”o{ljgfos gu/kflnsfsf] ko{6sLo:yn /fgLsf]6sf] len]h xfONof08 l/;f]6{af6 b]lvPsf] ;”of]{bosf] b[Zo . x/]s gofF jif{df ko{6sn] el/g] /fgLsf]6 o;jif{ sf]/f]gf efO/; …sf]le8–!(Ú sf sf/0f ;’g;fg ag]sf] 5 . tl:j/ M /d]z lu/L÷/f;;

भक्तपुर, १ वैशाख । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र सिपाडोल–८ को संगमस्थल ऐतिहासिक रानीकोटमा गत साल नयाँ वर्ष मनाउन आउनेहरुको भीड थियो ।

यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेहरुको भीड थियो । रातभरि नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुँइचोले होटल पाउन पनि मुश्किल हुन्थ्यो । उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वदेशी तथा विदेशी पर्यटकले स्वागत गर्ने गर्दथे । नगरकोटमा नयाँ वर्षका लागि एक महिनाअघिदेखि सबै होटल बुक भइसक्थे । तर २०७७ सालको नयाँ वर्षलाई स्वागत गर्ने र पहिलो सूर्योदय हेर्न रानीकोटदेखि नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटक कोही भएन ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताउनुभयो ।

सहज पक्की सडकदेखि सूर्यविनायक-रानीकोट–आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उहाँले नयाँ वर्ष २०७७ को उत्साह उमंग कोरोना भाइरसले खोसेको बताउनुभयो ।

होटल व्यवसायी बकेँले भन्नुभयो, “रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने गर्थे तर यसवर्ष सबै शून्य भयोे ।”

रानीकोटमै ठूलो रु १६ करोडको लागतमा होटल सञ्चालनमा ल्याए पनि कोरोनाले पर्यटकको आगमन बन्द भएको र कामदार पनि घर गएकाले अहिले सूर्यविनायकको घर छाडेर रानीकोटको होटल आफ्नो निवास बन्न थालेको उहाँको भनाइ छ । रानीकोटको छेउमा जिप राइडिङ्गसँगै होटल गुण्डु ग्राण्डको सञ्चालनको तयारीमा रहनुभएका अर्का पर्यटन व्यवसायी विज्ञान राई विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि पर्यटन व्यवसाय धरापमा परेको बताउनुभयो । पर्यटन व्यवसायीका लागि यस वर्षको नयाँ वर्ष निकै खल्लो भएको बताउँदै उहाँले कोरोना भाइरससंँगो युद्ध जितेर अर्को सालको नयाँ वर्षलाई भव्य बनाउने बताउनुभयो ।

यता नगरकोटका होटलको अवस्था पनि उस्तै छ । यहाँका सानादेखि ठूला होटल सबै बन्द छन् । कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटलहरु नयाँ वर्ष २०७७ मा पहिलो पटक खाली भएको नगरकोट बसपार्कमा रहेको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानले बताउनुभयो ।

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्ष बढी भयो तर यसरी होटल सुनसान भएको पहिलो पटक हो, हरेक नयाँवर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे” उहाँले भन्नुभयो, “तर आज नयाँ वर्ष आए जस्तो पनि भएन, न हिमालको चम्किलो रौनक, न सूर्योदयको चमकता, सबै ओझेलमा प¥यो ।”

नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले नयाँ वर्षमा पर्यटकले खचाखच हुने नगरकोट यस वर्ष रित्ता भएको बताउनुभयो । कोरोना भाइरसका कारण अधिकांश होटलका कामदार घर फर्किएका र होटलहरु बन्द भएको उहाँको भनाइ छ ।

विसं २०७६ को अन्तिम दिनलाई बिदाइ गर्ने र २०७७ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्ने यस वर्ष कोही पर्यटक नहुँदा नयाँ वर्ष निकै खल्लो भएको बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लगाएको लकडाउनका कारण पनि स्वदेशी पर्यटकहरु यहाँ आउन पाएका छैनन् ।

रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको सूर्योदयको दृश्य1


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !