१४ बैशाख २०८१, शुक्रबार

कोभिड-१९ महामारीको सामना गरौ


प्रेमबहादुर सिंह पूर्व विज्ञान तथा प्रविधि मन्त्री

२०७६ चैत्र २५ मंगलवार । कोभिड-१९ को विश्वव्यापी महामारीले मानव जातिका सामु गम्भीर चुनौती खडा भएको छ । विभिन्न समयमा विभिन्न भाइरसका नाममा देखापर्ने यस्ता महामारीहरुको भविष्यमा कसरी सामना गर्ने भन्ने सम्वन्धमा यस्ता महामारी उत्पन्न हुनुको कारणहरुको खोज/अनुसन्धान गरी मानवजातिको सुरक्षित भविष्यको लागी यसको निराकरण गर्न विश्वव्यापी रुपमा नितान्त नयाँ खोज/अनुसन्धान र गम्भीर वहसको आवश्यक्ता महशुस भएको छ । यसतर्फ आउदा दिनहरुमा खोज/अनुसन्धान र वहसहरु विधिवतरुपले स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक रुपले वहस हुनेछन र गर्नुपर्ने नै छ । यो छोटो टिप्पणीमा यसका कारण र निराकरणका उपायवारे विस्तृत चर्चा गर्न सम्भव छैन । अहिले महामारीको रुपमा हाम्रो सामु प्रकट भएको कोभिड-१९ को महामारीको कसरी सामना गर्ने भन्नेवारे केही सूचना र सुझाहरु बाँड्न चाहन्छु :

१. कोभिड-१९ को उपचारको लागि आजसम्म औषधी वा खोप पत्ता लागेको छैन । यसैले यसका रोगीहरुलाई ज्वरो, रुघा-खोकी आदिको उपचारमा प्रयोगमा आएका औषधीहरुवाट उपचार भइरहेको छ । यसको कुनै औषधी छैन । यस रोगका विरामीहरुलाई एकान्तमा राखेर (Isolation Ward) मा राखेर उपचार गरिन्छ ।

२. यो रोग लाग्न नदिन विश्वभर अवलम्वन गरिएको उच्च सतर्कता नै यो रोगसंग लड्ने एक मात्र प्रभावकारी हतियार हो भने यदि कथं कदाचित रोग लागि हालेमा उच्च मनोवलका साथ यो रोगसंग सामना गरेर मात्र रोगका विरुद्ध विजय पाउन सकिन्छ ।

३. कुनै पनि रोग लागेमा जोखिम हुन्छ नै तर कोरोना भाईरसले छोएमा खतम भैइयो भन्ने होइन, अन्य रोगहरु जस्तै कोरोना भाइरस लागेमा केही जोखिम भने हुन्छ तर यसको जोखिमको दर भने उच्च छैन ।

४. ओल्डोमिटर्स डट इन्फोका अनुसार आज २०७६ चैत्र २५ गते (April 7, 2020) दिउसो ४ बजेसम्म विश्वका २०८ देशहरु (Countries) तथा क्षेत्रहरु (Territories) र दुई वटा पानी जहाज कोरोना भाइरस कोभिड-१९ वाट प्रभावित छन । सर्वप्रथम कोरोना भाइरस प्रभावित चीन कोभिड-१९ विरुद्धको लडाईमा विजय प्राप्त गरी अन्य कोरोना भाइरस प्रभावित देशहरुलाई सहयोग गर्ने प्रतिवद्धता सहित विश्वव्यापी रुपमा सहकार्यको हात वढाईरहेको छ ।

५. विश्वको सवैभन्दा धेरै जनसंख्या भएको देश चीन कोरोना भाइरसवाट पहिलो प्रभावित भई आजसम्म चीनमा ८१,७४० जना व्यक्ति प्रभावित भई ३,३३१ व्यक्तिको मृत्यु (४.०७%) भएको, ७७,१६८ (९४.४०%) जना व्यक्ति निको भएको र १२४२ जना (१.५२%) उपचाररथ रहेको तथ्याङ्क छ भने विश्वको शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरीका सवैभन्दा वढि प्रभावित देश हुन गई कोरोना भाइरस विरुद्ध जुझिरहेको छ । आजसम्मको तथ्याङ्क हेर्दा अमेरीकामा ३,६७,६५० व्यक्ति प्रभावित भई १०,९४३ व्यक्तिको मृत्यु (२.९७%) भएको छ भने १९८१० व्यक्ति निको (५.३८ %) हुनुको साथै ३,३६,८९७ (९१.६३%) व्यक्ति उपचाररत अवस्थामा रहेका छन ।

६. दक्षिण एशियाली सहयोग संगठन (SAARC) का ८ वटा सदस्य राष्ट्रहरु अफ्गानिस्थान, वंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कामा कोभिड-१९ को महामारी औसत मृत्युदर २.४ %  रहेको छ, जसमध्ये भुटान, माल्दिभ्स र नेपालमा आजसम्म कसैको पनि मृत्यु भएको छैन ।

७. विश्वभर फैलिएको कोभिड-१९ को महामारीले वृद्ध-वृद्धा र दीर्घ रोगीहरुलाई केही जोखिम देखिए तापनि आजसम्मको विश्वभरको तथ्याङ्क हेर्दा कोभिड-१९ को महामारीमा औसत ५ % को मृत्यु भएको, २० % निको भइसकेको र ७०% विरामीहरुको उपचार भइरहेको छ । यसमा महिला युवा तथा वालवालिकाहरुको मृत्युदर अत्यन्त न्यून रहेको छ ।

८. यी माथिका तथ्यहरु हेर्दा कोभिड-१९ को महामारीवाट आतङ्कित हुनु पर्ने कुनै कारण छैन । कोभिड-१९ महामारीको सामना गर्न आतङ्कित वनेर होइन, उच्च सतर्कता र उच्च मनोवलका साथ सवै मिलेर कोभिड-१९ को महामारी विरुद्ध लडौ ! मानव जातीको जित सुनिश्चित छ ।

आउनुहोस ! हामी विजयको निम्न गीत गाउदै संग-संगै अघि वढौ :

हामी हुनेछौ सफल
हामी हुनेछौ सफल
हामी हुनेछौ सफल एक दिन
हो मनमा छ विश्वास
पुरा छ विश्वास
हामी हुने छौ सफल एक दिन
we shall overcome
we shall overcome
we shall overcome some day
Oh, deep in my heart
I do believe
we shall overcome someday
हामी हिड्ने छौ साथ साथ
मिलाएर हातमा हात
हामी हिड्ने छौ साथ साथ एक दिन
हो मनमा छ विश्वास
पुरा छ विश्वास
हामी हुने छौ सफल एक दिन
we’ll walk hand in hand
we’ll walk hand in hand
we’ll walk hand in hand some day
Oh, deep in my heart
I do believe
we shall overcome some day
हामी शान्तिसंग वाँच्ने छौ
हामी शान्तिसंग वाँच्ने छौ
हामी शान्तिसंग वाँच्ने छौ एक दिन
हो मनमा छ विश्वास
पुरा छ विश्वास
हामी हुने छौ सफल एक दिन
we shall live in peace
we shall live in peace
we shall live in peace some day
Oh, deep in my heart
I do believe
we shall overcome some day
कसैको डर छैन
कसैको भय छैन
कसैको डर छैन आजको दिन
हो मनमा छ विश्वास
पुरा छ विश्वास
हामी हुनेछौ सफल एक दिन
we are not afraid
we are not afraid
we are not afraid today
Oh, deep in my heart
I do believe
we shall overcome some day

६ पटक मन्त्री भईसकेका प्रेमबहादुर सिंह पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष हुनुहुन्छ । उहाँ ३ पटक कानुन मन्त्री, २ पटक खानेपानी तथा सरसफाई मन्त्री र १ पटक विज्ञान तथा प्रविधि मन्त्री हुनु भएको थियो ।

यो पनि पढ्नुहोस्

कोभिड-१९ : मानिस विरुद्ध प्रकृतिको आक्रोश

संविधान निर्माण, घटना र अनुभूति : पुस्तक समीक्षा

पूर्वमन्त्री सिंहको ‘संविधान निर्माण : घटना र अनुभूति’ पुस्तक विमोचन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !