२४ बैशाख २०८१, सोमबार

यी हुन् जीवनमा खुसी ल्याउने उपायहरु !


happiness

जीवनमा खुसी ल्याउन मानिसहरुले अनेक उपाय लगाउँछन् । कसैले पैसामा खुसी खोज्छन्, कसैले श्रीमती छोराछोरीमा त कसैले विद्यामा खुसी खोज्छन् तर धेरै पढेर प्रशस्त पैसा कमाइ श्रीमती छोराछोरी भैसक्दा पनि मान्छेहरु खुसी हुन सक्दैनन् आखिर किन ….? किनकी खुसी पनि खोज्न जान्नु पर्छ ।  खुसी ल्याउन त्यति धेरै कष्ट गर्नु पर्दैन ।  जानेको खण्डमा हामी सजिलै खुसी प्राप्त गर्न सक्छौ ।  के हुन् त जीवनमा खुसी ल्याउने उपायहरु चर्चा गरौँ :

१.आफूलाई सधैं रचनात्मक काममा व्यस्त राख्न्ने ।

२.असफलताको बीचबाट सफलता खोज्ने ।

३.आलोचनाबाट बिचलित नहुने बरु क्षमता बढाउने ।

४.प्रत्येक परिस्थितिलाई समाल्न सिक्ने ।

५ आफूभन्दा कमजोरहरूलाई सधैं सघाउने ।

६.आफु र अरुप्रति क्षमाशील हुने,वैरभाव नराख्न्ने ।

७.बोल्नेभन्दा धेरै सुन्न सिक्ने ।

८.आलोचनाभन्दा धेरै प्रसंसा गर्ने ।

९.परिवारलाई समय निकाल्ने र उनीहरुसँग रमाउने ।

१०.कसैको मन नदुखाउने ।

११.सानो-सानो कुरामा खुसी खोज्न सिक्ने ।

१२.खुलेर हाँस्ने  र अरुलाई हँसाउने ।

१३.खुसी रहने निर्णय गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !