१४ बैशाख २०८१, शुक्रबार

के हो त बुद्धका चार आर्य सत्य जसले जीवन बदलिन सक्छ


arun-asian

शान्तिका अग्रदुत गौतम बुद्धलाई नचिन्ने मानिसहरु संसारमा कमै होलान। हाम्रै देस नेपालमा जन्मिएका भएपनि हामीहरुलाई बुद्धको बारेमा पूर्ण ज्ञान नहुन सक्छ। हुनत बुद्धले जीवनका अनेकौं पक्षमा खोजगरि मानव जीवनलाई धन्य धन्य बनाएका छन्। वास्तवमा बुद्धको मार्गदर्शनलाई बुझनु आफैमा कठिन र बैज्ञानिक छ। उनले बताएका चार आर्य सत्यलाई बुझेर जीवनमा लागु गरेको खण्डमा हाम्रो जीवन सफल र पूर्ण बन्न सक्छ। यहाँ यिनै चार आर्य सत्यको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ।

१.पहिलो आर्य सत्य – दुख छ, मानव मात्र नभएर सजिब जति सबैमा दुखको बिधमनाता छ अर्थात् जन्मिए पछी सबैमा केहि न केहि दुख अवस्य छ। चाहे ऊ धनि होस् या गरिब ठुलो होस् या सानो। मृतु, शोक, क्रोध, दुबिधा, चिन्ता, भय, निरासा सबै दुख हुन्। त्यसैले दुख सुख जीवनका दुइ पाटा हुन् भन्ने बुझेर अगाडि बढ्नु पर्छ।

२.दोस्रो आर्य सत्य – दुखको कारण छ, बुद्धले भनेका छन् दुख त्यसै आएको छैन येसको पनि कारण छ। उनले भनेका छन् अज्ञानतानै दुखको मूल कारण हो। त्यसैले संसारिक अज्ञानतालाई बुझेर ज्ञान हासिल गरि अगाडि बढ्नु पर्छ जीवन सफल बन्छ।

३.तेस्रो आर्य सत्य – दुखको अन्त्य सम्भव छ, हामीले जानेको खण्डमा जिवनबाट दुखको अन्त्य गर्न सक्छौ। जीवनको वास्तविक स्वरुपको ज्ञान भएपछी प्रत्येक दुखको अन्त्य हुन्छ।

४.चौथो आर्य सत्य – दुख नासको उपाए प्रेम हो, दुख नासको एकमात्र उपाए भनेको सबैमा प्रेम जागृत हुनु हो। एकले अर्कोलाई प्रेम पूर्ण भावले सहयोग गर्ने हो भने संसारबाट दुखको अन्त्य हुन्छ। को हिन्दु को मुस्लिम को बुद्दिश हामी सबै मानव भन्ने भाव जागृत हुनु पर्छ। संसारनै एक घर जस्तो सबै मान्छे एक परिवार जस्तो हुनुपर्छ, बुद्धको अर्थमा येहिनै दुख नास गर्ने अन्तिम उपाए हो, जय बुद्ध जय नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु