७ पुस २०८१, आइतबार

पृथ्वी जयन्ती र क्रान्तिको सार


पृथ्वीनारायण शाह

ताप्लेजुङ । हरेक क्रान्तिकारीहरुले गरेको त्याग र बलिदानीको कुअर्थ राख्दै आफ्नो सुबिधाले मात्र त्येस्ता कर्महरुलाई तौलिने हो भने राज्य व्यवस्था पँगु हुने मात्र हैन विश्व मानचित्रमा हामी अनि हाम्रो अस्तित्व कहाँ हुनेछ त्यो कल्पना गर्नुस । हरेक क्रान्तिका राम्रा र नराम्रा पाटाहरु हुन्छन । हिजो महाभारतको युद्धमा १८ अक्षोहिणी सेनाको मृत्यु भएको थियो ।

युद्धमा सम्मिलित ५ पाण्डव बाहेक समुल कौरवको बिनाश भएको र स्वयं भगवान कृष्ण सम्हारक थिए..भनेर व्याख्या गरिन्छ । महाभारत युद्धको उद्धेश्य केवल धर्म स्थापनाको लागि थियो भनेर विश्लेषण गरिन्छ तथापि महाभारतको युद्धपछि के भारत बर्षमा साच्चिकै धर्म स्थापना भयो त ? भएको भए खै त धर्म ? कि धर्म भन्ने बस्तु समयानुकूल परिभाषित हुँदै जाने बस्तु हो ?

यथार्थमा समाजको लागि गरिएका हरेक पहलहरुको नतिजा यस्तै नै हुन्छन, जनताको अवस्थालाई बुझेर सन्ततिले व्यवस्थालाई परिमार्जन गर्दै र आफुलाई समेत समयानुकूल बनाउदै लगे सफलता हात लाग्ने अवस्था रहने र सायद धर्मको परिभाषा समेत त्येही परिधिभित्र अटाउने यथार्थ बन्ला ।

हिजो समाजले माओवादीलाई ठूलो क्रान्तिकारी बनायो, आज अरु केही व्यक्ति र समुह अझै त्यही पथमा व्यस्त छन् । १७ हजार आम नेपालीको संंहार र खरवौ सम्पति लुटपाट र बिचल्ली बनाइएको थियो दस बर्षे जनयुद्धमा । हरेक क्रान्तिका पछाडिको सारले समाजलाई सकारात्मक दिशामा र जनमुखी ब्यबस्थामा लानै पर्छ नत्र त्यो क्रान्ति केवल दुस्स्वप्न मात्र बन्नेछ ।

हरेक क्रान्तिका पछाडिको सारले समाजलाई सकारात्मक दिशामा र जनमुखी ब्यबस्थामा लानै पर्छ नत्र त्यो क्रान्ति केवल दुस्स्वप्न मात्र बन्नेछ ।

दस बर्षे जनयुद्ध पश्चात् यत्रो क्षति मुलुकले ब्यहोर्यो तर मुलुक र जनताले सोको सोधभर्ना के पाए ? त्यो आजको लेखमा विश्लेषण गर्न चाहिन । तथापी सदियौदेखि आम जनता नै सरकारको प्रमुख पदमा पुग्ने सपना साकार बनेको छ । केवल बाँकी छ त असल र राष्ट्रवादी क्षमतावान व्यक्ति त्यो कुर्सिको हकदार हुनु छ ।

नेपालको पहिलो किराँत राजा यलम्बर थिए, यो शासन नेपालमा झण्डै एक हजार बर्ष कायम रहेको थियो । किराँत शासन अगाडि यहाँ गोपाल बँशले राज्य चलाएका थिए । किराँतकालमा नेपाली मुद्रा चीनको ल्हासामा समेत चलेको इतिहास र अहिलेसम्मकै सार्वाधिक सफल सरकार थियो भनेर इतिहासमा पढ्न पाइन्छ ।

इतिहासलाई गहिरो नियाल्दै लैजादा एउटा सुरवीरले महान कार्य गरेर इतिहास रचेको हुन्छ भने त्येही वीरासतको निरन्तरता हुँदै जाँदा पात्र परिवर्तन हुने र त्यो महान पात्रको जस्तो क्षमता, साहस र प्रतिबद्धता अर्कोमा नहुने र राज्यसत्ताको उन्माद समेत बढ्दै जाने भएको तर समयले जनचेतना उचो हुँदै जानाले राज्यको उचो साखमा गिरावट आई जनद्रोह बढ्ने र त्यसलाई सम्हाल्न अर्को सुरवीर पात्रको पुनः उदय हुन नसक्दा ठुला-ठुला शासन सत्ता र बँशको अन्त्य भएको पाइएको छ ।

हरेक बर्ष पौष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती एक ऐतिहासिक दिनको रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । यो दिन एउटा केही शासकको जन्मोत्सव मात्र नभै यो आधुनिक नेपालको पहिचान र नेपालीपनाको बिगुल फुकिएको राष्ट्रिय एकता दिवसको दिन समेत हो ।

इतिहासलाई गहिरो नियाल्दै लैजादा एउटा सुरवीरले महान कार्य गरेर इतिहास रचेको हुन्छ भने त्येही वीरासतको निरन्तरता हुँदै जाँदा पात्र परिवर्तन हुने र त्यो महान पात्रको जस्तो क्षमता, साहस र प्रतिबद्धता अर्कोमा नहुने र राज्यसत्ताको उन्माद समेत बढ्दै जाने भएको तर समयले जनचेतना उचो हुँदै जानाले राज्यको उचो साखमा गिरावट आई जनद्रोह बढ्ने र त्यसलाई सम्हाल्न अर्को सुरवीर पात्रको पुनः उदय हुन नसक्दा ठुला-ठुला शासन सत्ता र बँशको अन्त्य भएको पाइएको छ ।

पृथ्वीनारायण शाहको भारत भ्रमणको क्रममा अंग्रेज़ले भारतीयहरुमाथि गरेको ज्यादती र संस्कार अनि संस्कृतिमाथी गरेको विध्वंसलाई आत्मसात् गर्दै नेपाल एकीकरणको अभियान सुरु गरेका शाहले बि. सं. १८२५ मा उपत्यका विजय गरेसगै विशाल नेपाल बनाए भन्दा झण्डै सय बर्षपछि मात्र सन १८६८ मा विभिन्न टुक्रामा छरिएका साना-तिना राज्यहरुको एकीकरण गर्दै विशाल देश जर्मनी, इटली बनिए । हालको सम्भ्रान्त मुलुक संयुक्त राज्य अमेरिका त्यसताका बेलायत उपनिवेश नै थियो । यसबाट के प्रष्ट हुन्छ भने नेपालका तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाह अत्यन्तै दुरदर्शी र शाहसी राजा थिए ।

पृथ्वीनारायण शाहले गरेको मुलुक एकीकरणको योगदानलाई सबै नेपालीले कदर गर्दै मुलुकको विकास र आर्थिक समृद्धिपश्चात सबै जात जातिको कदर र उत्थान हुने एक मात्र मन्त्रलाई हृदयँगम गरि अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।

लेखक सिरीजंघा-१ सिनाम, ताप्लेजुङ निवासी ईन्जिनियर वीरेन्द्र श्रेष्ठ लोकपप विधाका पूर्वका चर्चित गायक समेत हुन् । लामो समयदेखि जलविद्युतको विकास निर्माणमा संलग्न हस्ती बरिष्ठ ईन्जिनियर श्रेष्ठ मुलुक समृद्धताको लागि आफ्ना अनेकन फाइदाहरुलाई त्यागेर अनवरत मुलुकको सेवामा लागी परेका छन् । समाज सेवालाई निकै बढावा दिंदैछन् ।

यो पनि पढ्नुहोस्

ताप्लेजुङको विकासको लागि इन्जिनियर वीरेन्द्रले देखे यस्तो सपना

नेपालका राजनीतिक दलको बिरासत अनि आजको आवश्यकता

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

प्राकृतिक विपद् र नेपालको अवस्था

आकाशिँदो मूल्यवृद्धि भित्रका शालिन नेपाली जनता

स्थानीय निर्वाचनप्रति नागरिकको झुकाव र हाम्रो आवश्यकता

स्थानीय निर्वाचन क्रान्तिको बिगुल कि रोजाइको जनप्रतिनिधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !