२० माघ २०७९, शुक्रबार

गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला


अरिङ्गालको गोला

फुङ्लिङ । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ का चिरन राई एक समयका अरिङ्गाल सिकारी थिए । उनले दिनभर अरिङ्गाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पुग्थे । विशेषगरी बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिङ्गाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउथे । तर आजभोलि अरिङ्गाल भेटिन छाडेसँगै अरिङ्गालको सिकार गर्न छोडेका छन् ।

पाँच वर्षअगाडि कात्तिक र मङ्सिरमा अरिङ्गालको माउ उडेको पछ्याउँदै अरिङ्गालको गोलो पोल्नमा व्यस्त हुने राईका लागि आजभोलि फुर्सद मिलेको छ । सूर्योदय र सूर्यास्तको किरणसँगै उडेको देखिने अरिङ्गालका माउ अचेल देख्न मुस्किल हुँदै गएको राईको भनाइ छ ।

सोही गाउँमा शहरमान राई र राजकुमार राई पनि विगतका वर्षहरुमा प्रख्यात अरिङ्गाल सिकारी उपनामले परिचित नाम हो । दिनमा अरिङ्गालको गोलो पत्ता लगाएपछि बेलुका पोल्ने र झार्ने काम गर्थे । बिस्तारै अरिङ्गाल लोप हुँदै गएसँगै उनहरुले अरिङ्गालका सिकार गर्ने पेसा परिर्वतन गरेका छन् । शहरमान राई अहिले मिस्त्री काममा व्यस्त छन् भने राजकुमार राई अलैँची खेती गर्न थालेका छन् ।

विगतमा गाउँघर वरिपरिका जङ्गलहरुमा तथा ठूलाठूला रूखको हाँगा र चट्टानमा अरिङ्गालको गोलो देख्न सकिन्थ्यो । तर आजभोलि जङ्गल भिर पहाड तथा रूखका हाँगाहरुमा अरिङ्गाल देख्न मुस्किल हुँदै गएको फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले बताए । लिम्बूले भने, “केही वर्षअगाडि घरको छानोमा समेत अरिङ्गालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जङ्गलमा समेत देख्न मुस्किल हुँदै गएको छ ।”

जैविक विविधताको क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार अरिङ्गाल एक प्रकारको समूहमा बस्ने विषालु किरा हो । यसको देख्न सक्ने क्षमता धेरै हुन्छ । अरिङ्गालले मौसमअनुसार आफ्नो घर फेर्ने यो किरा जमिनमुनि र अग्लाअग्ला रूखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ ।

सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा ‘हामी किन मौरीलाई माया र अरिङ्गाललाई घृणा गर्छौं’ भत्रे एउटा अनुसन्धानात्मक लेख प्रकाशित भएको पाइन्छ । सेइरिन सम्नर, जर्जिया ल र अलसान्ड्रो सिनीको संयुक्त रूपमा प्रकाशित उक्त लेखले मौरी र बारुलाको प्रकृतिमा खेल्ने भूमिका समान रहेको उल्लेख गरिएको छ । यिनीहरुले बिरुवालाई परागसेचनमा सघाउँछन् । विशेष गरेर मौरीले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अरिङ्गाल-बारुला चाहिँ किरा–फट्याङ्ग्रा खाएर खेतीपातीमा सघाउँछन् । अरिङ्गालले बालीमा लाग्ने किरा खाएर कीट नियन्त्रणको काम गर्ने उल्लेख छ ।

सो अनुसन्धानले ४५ देशका सात सय ५० जना मानिसहरूमा गरेको सर्वेक्षणमा सहभागीले अरिङ्गाल भत्रे बित्तिकै उनीहरूको टोक्ने (खिल), रिस उठ्दो र खतरनाक किरा सम्झिए भने मौरी भत्रे बित्तिकै मह र परागसेचन सम्झिएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ दयाराम भुसालका अनुसार अरिङ्गालहरू विशेषतः जङ्गलमा बस्ने स्वभावका हुन्छ  । अरिङ्गालले आफूलाई चाहिने सीमित मात्रामा मह उत्पादन गर्छ  ।

मौरी र अरिङ्गाल दुवै उस्तै भए पनि टोकाइ फरक हुने भुसालले बताउनुभयो । मौरीले एक पटकमात्रै टोक्छ, जुन उसका लागि हानिकारक हुन्छ । कारण खिलसँगै मौरीको पाचन प्रणालीको केही भाग नशा छाड्ने गर्छ । अरिङ्गाल÷बारुलाले पटकपटक टोक्ने भएकाले मानिसलाई विभित्र प्रकारको दुष्प्रभाव पर्छ । एकै पटक धेरै प्रकारको एलर्जीको सामना गर्नुपर्ने भएकाले प्रतिरोध गर्न नसक्ने अवस्था हुने अनुसन्धानहरूमा देखाइएको छ । मौरी तथा अरिङ्गालका खिलमा विशेषगरी मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ ।

मेलिटिन एउटा विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । बारुला-अरिङ्गालहरूमा फोसपोफोलिएज–ए, बी, अर्लाम फोरोमोन्स, ह्यालारोनिडेज, एमसिडी पेप्टाइड, वास्प काइनिन, हिस्टामाइन, सेरोटोनिन, डोपामाइन जस्ता तत्वहरू पाइन्छ  ।

संसारमा १७ हजार प्रजातिका मौरीको पहिचान भएको छ भने नेपालमा छ प्रजाति पाइन्छन् । तिनमा चार रैथाने प्रजातिका पर्दछन् । नेपालमा बारुला-अरिङ्गाल भने ११ प्रजाति पाइन्छ  । यी प्रजाति असार÷साउनदेखि मङ्सिर-पुससम्म सक्रिय हुने त्रिवि जीवविज्ञान विभागबाट गङ्गा काफ्लेले गरेको शोधपत्रमा उल्लेख गरिएको छ ।

अरिङ्गालको जीवन चक्र

अरिङ्गालको जीवन चक्र मौरी, पुतली, झिँगा जस्तै फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क बत्रे गर्दछ । सबैभन्दा पहिले एक अरिङ्गालले आफू मात्र अट्ने सानो चाका बनाएर दुई-चारवटा फुल पारी बाहिरपट्टि रूखका बोक्राको धुलोको लेप बनाएर टाल्छ । फुलबाट विभित्र अवस्थाहरू पार गरेर १५ देखि २० दिनमा दुई चारवटा अरू वयस्क अरिङ्गाल थपिन्छन् । यसैगरी जति जति अरिङ्गालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ ।

अरिङ्गालको गोलोको आकार हेरेर योभित्र बस्ने अरिङ्गालहरू धेरै छन् अथवा थोरै छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ । अरिङ्गालहरू एक गोलोमा एक वर्षसम्म बस्छन् । पुस-माघमा चिसो मौसमका कारण अरिङ्गालहरु गोलो छाडेर अलग अलग जान्छन् । कति त मर्छन् पनि । गर्मी सुरु भएलगत्तै बचेका अरिङ्गालले छुट्टाछुट्टै गोला बनाउँछन् । अरिङ्गालहरुले मौरी, झिङ्गा आदि किराहरूलाई आफ्नो आहार बनाउँछन् ।

अरिङ्गाल भित्र जातअनुसार ठूला रूखका टुप्पा, भिर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर बस्ने गर्छ । विशेषतः कालो अरिङ्गाल, रातो अरिङ्गाल र लाटा अरिङ्गाल रूखमा गोला बनाएर बस्छन् । भिरपहरा, टोड्का, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर गोला लगाउने गर्छन् ।

पहाडी जिल्लामा जङ्गल र खेतबारी वरपर रूख, ओडार, भिरपहरा ठूला भवनहरूमा वर्षायामसँगै अरिङ्गालले गोलो लगाउने गर्दछन् । पहाडी भेकमा विशेषगरी दुई खालका अरिङ्गाल हुन्छन् रातो र कालो । राता अरिङ्गालहरू सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउँदा पनि हत्तपत्त चिल्दैनन् भने अर्को काला अरिङ्गाल जो देख्नमा हल्का रातो कालो हुन्छन् । अरिङ्गाललmाई चलाउनु त के आफ्नो गोला भएको रूखको वरपर आएर हल्ला गर्नेसम्मलाई पनि टोकी हाल्छ ।

अरिङ्गाल कालो हो कि रातो भनी यसको गोलोको रङ्गबाट पनि थाहा पाउन सकिन्छ । राता अरिङ्गालका गोलाहरू खैरो र फुस्रो रङ्गका हुन्छन् भने कालो अरिङ्गालका गोला घर पोत्ने रातो माटोजस्तै चहकिलो राता हुन्छन् । अरिङ्गालले आफ्नो गोला बनाउन लालीगुराँस र अयाँरको नरम बोक्रा प्रयोग गर्दछन् र सावधानी नअपनाउँदा हरेक वर्ष अरिङ्गालको टोकाइबाट मृत्युका समाचार आइरहन्छन् ।

अरिङ्गालको प्रयोग

विषालु अरिङ्गाल, वछ्युँ, बारुलोको मह त हुँदैन तर लार्भाको परिकार बनाएर खाने प्रचलन गाउँघरमा लोकप्रिय छ । पछिल्लो ससयमा अरिङ्गालका लार्भाको व्यापार पनि गर्ने गरेको देखिन्छ । लार्भा र उड्न नसकेका बच्चा राम्रो मूल्यमा खरिद बिक्रीसमेत हुँदै आएको स्थानीयहरु बताउँछन् । चाकालाई झोलामा राखेर घर ल्याएपछि पोल्ने वा उमाल्ने गरिन्छ ।

चाकालाई पोल्दा वा उसिन्दा बच्चा ढाडिनाका साथै बच्चा छोप्ने ढक्कन डढेर नष्ट भई चाकाबाट बच्चा निकाल्न सजिलो हुन्छ । बच्चा निकालेर भित्रको फोहोर वस्तु फालिन्छ र तेलमा भुटेर खाने गरिन्छ । अरिङ्गाल काढेपछि छिमेकमा बाँडेर खाने चलन छ । पहिला त गाउँलेले मात्रे जनहरुलाई समेत अनिवार्य भाग पुर्याउने रीति रहेको थियो ।

अरिङ्गालको सिकार किरात राई जातिमा निकै लोकप्रिय मानिन्छ । किरात राई जातिमा लोकप्रिय परिकारमा पर्ने अरिङ्गाल, तरकारीको वा सितनका रूपमा खाने चलन छ । यति मात्र होइन, उनीहरूले माङ (देवता) लाई पनि चढाउने आएको फक्ताङलुङ गाउँपालिका—६ राजकुमार राईको भनाइ रहेको छ । किरात राई जातिका माङ भनेको आफ्ना मृतात्मा पुर्खा अर्थात् पितृहरू हुन् । किरात राई जातिमा अरिङ्गालको महत्व रहेको छ ।

अरिङ्गाल काढ्ने समय

सामान्यतः अरिङ्गाल काढ्ने समय पनि निश्चित हुन्छ । साउन वा भदौमा नुवागी पुजेपछि मात्र अरिङ्गाल काढ्ने चलन रहिआएको छ । त्योभन्दा अगाडि अरिङ्गाल काढ्न मिल्दैन, काढेमा पितृहरू रिसाइ सुब्बेफाब्बे हुँदैन भन्ने विश्वास रहेको छ ।

अरूको बारी वा खेतको अरिङ्गाल विनाअनुमति काढ्न मिल्दैन । सामान्यतः साउन अन्तिमबाट सुरु गरेर भदौ, असोजदेखि कात्तिक र मङ्सिर महिनासम्म अरिङ्गाल काढ्ने चलन छ । यसमा पनि असोज महिनाको पूर्णिमा तिथि पारेर काढ्न सकेमा बढी बच्चा हुन्छ भत्रे विश्वास रहेको मेरिङदेन गाउँपालिका—३ का शेखर लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार कहिले काढ्ने भत्रे कुरा निजी बारी, खेत वा सार्वजनिक जङ्गल के हो त्यसमा भर पर्दछ ।

यसरी लोप हुँदैछ अरिङ्गाल

परम्परागत प्रविधिबाट अरिङ्गाल पोल्दा गोलाको बाहिरी कुट जलेर नष्ट भएपछि चाका मात्र बाँकी रहन्छ । गोलाभित्र रहेका माउहरु सबै आगोले जलाइन्छ । अरिङ्गालको गोलोको एक छेउमा एउटा दुलो राखेको हुन्छ । त्यही दुलोबाट अरिङ्गालका माउहरु आउजाउ गर्दछ । गाउँघरमा अरिङ्गाल काढ्दा त्यही दुलोमा रागो (बाँसका मसिनो भाग) बालेर अरिङ्गालको गालो पोल्ने प्रचलन रहिआएको छ । यसरी अरिङ्गाल पोल्दा अरिङ्गालको माउ सबै जलेर मर्ने गर्दछ ।

गाउँगाउँमा आगोले पोल्ने, अरिङ्गालको कोलोमा मट्टितेल, डिजेल तथा पेट्रोल छर्की आगो लगाएर अरिङ्गाल काढ्ने परम्पराले अरिङ्गाल मासिदै गएको फक्ताङलुङ गाउँपालिका-६ का वसन्त लिम्बू बताए । पछिल्लो समयमा विषादीहरुको प्रयोग र वायु प्रदूषण तथा वनजङ्गल डढेलोजस्ता कारणले अरिङ्गाल सङ्कटमा पर्दै गएको जैविक विविधता क्षेत्रमा लामो समयदेखि काम गर्दै आउने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !